कोरोना भाइरसः यी हुन् ३ प्रमुख लक्षण र बच्ने १९ उपाय

  २०७६ फागुन २२ गते १२:२८     विकासन्युज

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् ।

कोभिड १९ भनेर चिनिने कोरोना भाईरसले अहिले विश्वलाई त्रसित पारिरहेको छ ।

काेराेनाकाे हालसम्म केही पनि औषधी पत्ता नलागेको हुँदा यसबाट बच्नको लागि हामीसँग मात्र एक उपाय छ त्यो भनेको यसको लक्षण र बच्ने तरिकामा विशेष ध्यान दिने भन्ने हाे ।

कोरानाको खासगरी ३ लक्षणहरु रहेका स्वास्थ्य विज्ञहरु बताउँछन् । यदि कसैमा यस्तो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । यस्ता ३ प्रमुख लक्षण यस्ता रहेका छन् –

१. १०४ डिग्री फरहन्हाईट भन्दा उच्च ज्वरो आँउने ।

२. खासगरी खोकी लाग्ने र रूघा पनि देखिने ।

३. श्वास प्रश्वासमा अत्याधिक समस्या देखिने ।

हाल नेपाल सरकारले टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कोरोना भाईरस जाँच्ने एकमात्र प्रयोगशालाको रुपमा तोकेको छ । यो जाँच्नलाई सरकारले निशुल्क गरेको छ ।

कसरी बच्ने ?

कोरोनाबाट हामी आफु पनि बच्न सक्छौं र अरुलाई पनि बचाउन सक्छौं । हामी यसरी आफु र अरुलाई कोरोना लाग्नबाट बचाउन सक्छौं –

१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा अनिवार्य रूपमा पञ्जा तथा फेस मास्क लगाऔं ।

२. एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा वा परिवर्तन गरौं ।

३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिकरुपमा सफा राखौं ।

४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।

५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।

६. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।

७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसँग पकाएर मात्र खाने गरौं।

८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔं ।

९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं।

१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं ।

११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔं ।

१२. यदी कसैलाइ ज्वरोसहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।

१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔं । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।

१४.  साबुन पानीले २० सेकेण्डसम्म बारम्बार हात धुने गराैं ।

१५. खोक्दा र हच्छ्यु गर्दा नाक र मुख छोप्ने गराैं ।

१६. हातहरु मुख, नाकमा जथाभावी नलैजाने गराैं ।

१७. फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकहरुसँग परामर्श लिने गराैं ।

१८. फ्लुको लक्षण देखिएमा मास्क लगाउने र अन्य व्यक्तिहरुबाट टाढा बस्ने गराैं ।

१९. फ्लु जस्तो लक्षण देखाउने जो कोहीसँग पनि टाढा बस्ने गराैं ।

यस्ता सावधानी अपनाए काेराेना जस्ता श्वासप्रश्वासकाे माध्यमबाट सर्ने संक्रमणबाट आफू र अरुलाई पनि जोगाउन सकिने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.