थाइल्याण्ड विरुद्ध नेपालको जित

  २०७६ फागुन २१ गते ११:२१     विकासन्युज

काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालको जित भएको छ । ६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ५‍.३ ओभरमा नौ विकेट जित निकालेका हुन् ।

ओपनिङमा आएका कुशलले अविजित रहँदै १८ बलमा ३६ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

कुशलसँग राम्रो साझेदारी गरेको पवन सर्राफले पनि बिस्फोटक ब्याटिङ गरे । उनले दश बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारस खड्का भने पाँच बल खर्चिदै १० रन जोडेर आउट भएका थिए ।

टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोडेको थियो । नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए ।

नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पुरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.