एफएनसीसीआईमा ‘क्याम्प चेन्ज’को मौसम, दिनेश श्रेष्ठले छोडे किशोर प्रधानलाई

  २०७६ फागुन १४ गते १३:५९     विकासन्युज

काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन लक्षित ‘क्याम्प चेन्ज’ मौसम सुरु भएको छ ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षको चुनाव लड्ने घोषणा गरेका दिनेश श्रेष्ठ बुधबार चन्द्रप्रसाद ढकालकाे उम्मेदवारी घाेषणा सभामा सहभागी भए ।

त्यतिमात्र  हाेइन, उनी मञ्चबाट बाेल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्रशंसा गरे । नेपाल उद्याेग वाणिज्य महासंघमा सबल र सक्षम नेतृत्वकाे खाँचाे  रहेकाे र व्यवसायिक रूपमा सफल र महासंघमा पनि ठूलाे याेगदान गरेका ढकालले महासंघकाे सफल नेतृत्व गर्न सक्ने उनले बताए ।

केही साता अघि प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दा श्रेष्ठ पनि गएका थिए । श्रेष्ठले सो मन्चबाट प्रधानलाई आफ्नो समर्थन रहेको घोषणा नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.