कामना सेवा विकास बैंकले जित्याे कर्पोरेट सुपर सिजन-६

  २०७६ फागुन ७ गते १९:१६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले कर्पोरेट सुपर सिजन–६ जितेको छ । क्रिकेट प्रतियोगिताको फाइनलमा बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो ।

एसएस इभेन्टसद्वारा टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।

उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेतले खेलाडीहरुलाई हौसला दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.