कर्पोरेट सुपर सिक्सेसः माछापुच्छ्रे बैंक प्री क्वाटर फाइनल प्रवेश

  २०७६ फागुन ५ गते १८:१४     विकासन्युज

काठमाडौं । कीर्तिपूरमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्तर्गत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

क्वाटरफाईनल प्रवेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको कीर्तिपूर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने छ ।

प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.