नेपाल बंगलादेश बैंकले सिआईएल काठमाडौंलाई दियो १० वटा व्हील चियर

  २०७६ माघ २० गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले सिआईएल काठमाडौंलाई १० वटा व्हील चियरहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २० गते उक्त व्हील चियरहरु सिआईएल काठमाडौंद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

बैंकले बालाजु औद्योगिक क्षेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको व्हील चियरहरु हस्तान्तरण गरेको हो । बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौंको सहायतामा बनेका यी व्हील चियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता व्हील चियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरु प्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौंका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हील चियरहरु प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हील चियर हिड्नु सरह नै हो र यसले उनीहरुको दैनिक जीवनको गतिशीलतामा सहज पुर्याउने विश्वास दिलाएका हुन् । साथै, नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक वृद्धि र देशलाई आत्मनिर्भर बनाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.