रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई स्काइवाक टावरमा छुट

  २०८१ वैशाख ९ गते १८:२८     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीले वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धमा रिलायन्स फाइनान्स र वन्डर्स नेपाल प्रा.लि बीच द्विपक्षीय सम्झौता भएको हो ।

रिलायन्स फाइनान्सले डिजिटल लेनदेनहरूलाई प्रोत्साहन गर्ने र त्यस्ता साझेदारीहरू मार्फत ग्राहकहरूको फाइदा बढाउने लक्ष्य राखेको छ ।

रिलायन्स फाइनान्स डिजिटल बैंकिङ च्यानलहरू विस्तार गर्न प्रतिबद्ध छ र ग्राहकहरूलाई डिजिटल भुक्तानी विधिहरू प्रयोग गर्न प्रोत्साहित गर्दछ । डिजिटल लेनदेनका लागि थप विवरणहरू फाइनान्सको वेबसाइटमा हेर्न सकिने संस्थाले जानकारी गराएको छ ।

हाल फाइनान्सले आफ्ना मुख्य कार्यालय, कमलादी काठमाडौंसहित अन्य २१ वटा शाखा कार्यालय मार्फत् आफ्ना ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरुमा कर्जा प्रदान गरिरहेको छ । साथै, संस्थाले विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.