वेष्ट फाइनान्सले चार वटा मन्दिरमा वितरण गर्यो फर्निचर तथा डस्टविन

  २०७६ माघ १९ गते १८:१४     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले चार वटा मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ चावहिल स्थित सरस्वती मन्दिर, काठमाण्डौको न्यूरोड स्थित संकटा मन्दिरमा, बुटवल स्थित दुर्गा मन्दिर तथा बर्दघाट स्थित शिव मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको हो ।

बेष्ट फाइनान्स स्थापनाको २४औं वर्ष पुरा गरि २५औं वर्षमा प्रवेश गरेको छ । संस्थाले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ ।

काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.