जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र शुरु

  २०७६ माघ १५ गते १९:५१     विकासन्युज

जनकपुरधाम । प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरेका हुन् ।

जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन संचालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु हो । भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मत लगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ ।

तालिम केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पुर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
‘कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै आवश्यक हुन्छ । यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भने, ‘हामीलाई खुसी लागेको छ कि एमएडब्लु, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौं । यसले देशलाई आवश्यक जनशक्ति र रोजगार सिर्जना गर्नेमा हामी विश्वस्त छौं ।’

प्रदेश नं २ का सामाजिक विकासमन्त्रीले नवल किशोर साहले भने-‘निजी क्षेत्र नाफामुखी मात्र हुनुहुँदैन । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर एमएडब्लुको सुरु गरेको यो परियोजनाले स्वदेशमै रोजगार सिर्जना गर्छ । यो उदाहरणीय कार्य हो । यसका लागि एमएडब्लुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।,’

उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेबारी भएको बताउनु भयो । ‘एमएडब्लुका संस्थापक प्रहलाद राय अग्रवालले शिक्षा र सिप विकासको क्षेत्रलाई सधैं महत्व दिनु भयो । उहाँको यो आदर्शलाई निरन्तरता दिँदै हामीले दोस्रो तालिम केन्द्र स्थापना गरेका हौं ।’ उनले भने, ‘यस्ता तालिम केन्द्रहरु देशका विभिन्न स्थानमा स्थापना गरेर रोजगारी सिर्जना गर्ने हाम्रो योजना रहेको छ ।’

नेपालको लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि. अन्तर्गतको ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जेसीबी अपरेटर तालिम केन्द्रको संचालन सुरु गरेको हो । यो एमएडब्लु अर्थमुभर्सले संचालन गरेको दोस्रो तालिम केन्द्र हो । एमएडब्लु अर्थमुभर्सले विगत आठ वर्षदेखि युसेपसँग सहकार्य गरेर भक्तपुरको सानो थिमीमा अपरेटर तालिम केन्द्र संचालन गर्दै आएको छ जहाँबाट तीन हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भई देशविदेशमा रोजगार बनेका छन् ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.