टीभीएस एनटर्क रेस एडिसन लन्च गर्दै नायक प्रदिप खड्का

  २०७६ माघ ११ गते १३:४४     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले सोमबार २ बजे टिभीस शोरुममा एनटर्क रेस एडिसन लन्च गर्ने भएको छ । टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता बुटवल बालाजी अटोमोबाइल माटीभीएस एनटर्क रेस एडिसनमा नायक प्रदिप खड्काले एक कार्यक्रमको बीचमा लन्च गर्नेछन् ।

कार्यक्रममा टिभी एस एनटर्क ब्राण्ड एम्बेसडर नायक प्रदिप खड्का तथा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइराला समेत सहभागी हुनेछ ।

एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउछ ।
सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीले एनटर्क १ सय २५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १ सय २५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा स्मार्ट एक्सकनेक्टद्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.