नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशकबीच छलफल

  २०७६ पुष २७ गते १८:५०     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ८ सदसिय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरबीच फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणाली बारे छलफल भएको छ । उक्त छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहँदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताएका छन् ।

सोही क्रममा उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो पनि गरेका छन् । उनले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दै आएको नेपालले बजारको माँग र आपूर्तिका आधारमा वस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरेका छन् । सोही क्रममा उनले सरकारको समृद्धिको नारालाई सबै क्षेत्रले भरथेग गर्नु पर्ने विचार व्यक्त गरेका छन् ।

सो छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायीकक्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउनु हुदै आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जानु पर्ने धारणा राखे । सोहि क्रममा उनले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अंहम भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताएका छन् । बैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउनु हुँदै अब नयाँ आर्थिक ऐन आएपछि नाडासंग पुनः औपचारिक रुपमा छलफल गर्ने कुंवरले बताए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.