केही वर्षअघि करोडमा नाफा देखाउने कम्पनीहरु अहिले अर्बाैं कमाउँछन्- परशुराम कुँवर क्षेत्री

  २०७६ पुष २२ गते १७:३७     विकासन्युज

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर छ भने साना र नयाँ बैंकलाई प्रतिस्पर्धामा टिक्न सकिदैन कि भन्ने डर छ । ग्लोबल आईएमई बैंकलाई पनि आफ्नै किसिमका चुनौति छन् । पुँजी र बिजनेशमा मात्र ठूलो भएर पुगेन, सेयरधनीलाई दिने लाभांश र सरकारलाई तिर्ने करमा पनि सबैभन्दा ठूलो बन्नु अबको चुनौति हो । मर्जपछिको व्यवस्थापन अर्को ठूलो चुनौति हो । प्रस्तुत छ मर्जपछि ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका परशुराम कुँवर क्षेत्रीसँग  यिनै विषयको पेरीफेरीमा केन्द्रित भई विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पाैडेलले गरेकाे विकास वहस ।

तपाई मर्जरको पक्षमा खुलेर लाग्नुभएको थियो र सफलता पनि मिलेको छ । ठूलो बैंक हुँदाको मजा कत्तिको हुँदोरहेछ ?

ग्लोबल आईएमई बैंक ठूलो मात्र भएन, बलियो पनि भएको छ । यस अर्थमा हामी धेरै खुशी छौं । ठूलो र बलियो बैंक भईसकेपछि बजारले, स्टेकहोल्डरहरुले धेरै अपेक्षा गरेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नु अब हाम्रो चुनौति हो ।

आजको ग्लोबल आईएमई बैंक तीन वटा वाणिज्य बैंकसहित १८ वटा बैंक तथा फाइनान्सको संगम भएको छ । यहाँ काम गर्ने कर्मचारीको लागि, उच्च व्यवस्थापन तहमा काम गर्नेको लागि, सञ्चालक समितिको लागि मर्ज भनेको सामान्य विषय भईसक्यो । हामीलाई बानी परिसकेको छ । त्यसैले हामीले मर्जको समझदारी गरेको ५ महिनामा मर्जको सबै काम सम्पन्न गरेका छौं ।

मर्जरको क्रममा बाहिर देखिने सबै काम पूरा भए । भित्रको व्यवस्थापकीय काम कति बाँकी छन् ?

पोष्ट मर्जरको इस्यू पनि धेरै छैनन् । ठूलो बैंक भईसकेपछि सोही अनुसार व्यवस्थापन गर्न केही नयाँ नीति बनाउनुपर्छ । त्यसतर्फ हामीले काम गरेका छौं । संस्थामा रि–इन्जिनियरिङ गरेर सेवालाई थप प्रभावकारी बनाउन नयाँ विभाग नै खडा गरेर काम गरेका छौं । डिजिटाइजेशन डिपार्टमेन्ट खोलेर यसतर्फ सेवालाई प्रभावकारी बनाउँदै छौं । मर्जपछि २९ वटा शाखा मर्ज नै गरिसक्यौं । अब मर्ज भएका शाखाको सट्टा नयाँ शाखा खोल्छौं ।

मर्जको कारण देखाउँदै उपभोक्ताले कुनै सेवा नपाउने अवस्था छ कि छैन ?

पटक्कै छैन । सुधार गर्नुपर्ने ठाउँ होला । साविकको जनता बैंकका कर्मचारीलाई फिनाकल सफ्टवेयर चलाउन मर्ज पूर्व नै सिकायौं । मर्जपछिको सेवा सञ्चालन सहज होस् भनेर हामीले तालिम मात्र दिएनौं, ५० पेज लामो सरुवाको सर्कुलर जारी गर्यौं । जहाँ साढे ४ सय कर्मचारी सरुवा भएका थिए । दुबै बैंकका कर्मचारी आपसमा सट्टापट्टा गराएर मर्जपछि प्रयोग हुने फिनाकल सफ्टवेयर चलाउन सिकायौं । अहिले हामी फेरी फिनाकल सफ्टवेयरलाई पुनः अपग्रेड गर्ने तयारीमा छौं ।

मर्जपछि ग्लोबल आईएमई बैंकका अगाडि अवसरहरु के के छन्, जुन अरु बैंकले पाउँदैनन् ?

पहिला त हामी ठूलो लगानी गर्न सक्ने भएका छौं । कर्जा लगानी मात्र होइन, राम्रो प्रविधि भित्र्याउन आवश्यक लगानी गर्न सक्छौं । दोस्रो, म तपाईसँग मेरो अनुभव सुनाउन चाहान्छु । म जनता बैंकमा छँदा हामीले सीडीसी लगायत विदेशी संस्थासँग ऋण लिने धेरै प्रयास गर्यौं । त्यो सफल भएन । अहिले हामी विदेशी संस्थासँग ऋण लिन सक्ने भएका छौं । ग्लोबल आईएमई बैंकले त मर्जपूर्व नै आईएफसीसँग २ करोड अमेरिकी डलर ऋण लिईसकेको छ । अहिले हामीले अरु संस्थासँग पनि ऋण लिन कुरा गरिरहेका छौं र उनीहरु सकारात्मक देखिएका छन्, हामीलाई पत्याएका छन् । विश्व बजारमा हाम्रो विश्वसनीय बढेको छ । नेपाललाई विदेशी पुँजी आवश्यक छ । विदेशबाट ऋण लिएर नेपालमा लगानी वृद्धि गर्न हामीलाई अब सजिलो भएको छ । जसरी नेपाल सरकारबाट स्वीकृत लिएर आईएफसीले विदेशमा नेपाली रुपैयाँमा ऋणपत्र निष्काशन गर्दैछ, त्यसरी हामी पनि विदेशी बजारमा ऋणपत्र बेच्न सक्छौं । तेस्रो, हाम्रो शाखा सञ्जाल सबै जिल्लामा छ । करिब ३०० शाखा छन् । ब्रान्चलेश बैकिङ नेटवर्क पनि करिब ३०० छ । देशभित्र ६०० भन्दा बढी सम्पर्क सञ्जाल छ । हामी घर घरमा, परिवार परिवारमा जोडिएका छौं । हाम्रा ग्राहक नै २० लाख छन् । हामीले नयाँ प्रडक्ट ल्याउँदा त्यसको प्रभाव देशभर छिट्टै हुन्छ ।

दुई ठूला बैंक मर्ज भएका छन्, भोलि नै चमत्कार हुन्छ भनेर नसोचौं । तर दीर्घकालमा यसको असर पक्कै पनि राम्रो हुनेछ । ग्लोबल आईएमई बैंक अबको ५ वर्ष वा १० वर्षपछि कुन पोजिसनमा रहनेछ ?

यो प्रश्न अलि काल्पिनक भयो ।

तैपनि भविष्यको योजना त हुन्छ नि ?

पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले अहिले नै हामी सबैभन्दा ठूलो बैंक हौं । मर्ज पूर्व दुई बैंकले गरेको नाफा जोड्दा राष्ट्रिय वाणिज्य बैंकको भन्दा ३५ लाख रुपैयाँ कम हुन्छ । मलाई लाग्छ पुस मसान्तमा हामी सबैभन्दा बढी नाफा गर्ने बैंक हुनेछौं यद्यपी मैले नाफालाई सबै कुरा ठान्दिन । हामी ठूलो मात्र होइन, हरेक कोणबाट लिडिङ बैंक बन्नुपर्छ । सबैंको लागि बैंक भन्ने हाम्रो नारा नै हो । सबैको रोजाईमा पहिलो बैंक ग्लोबल आइएमई बनाउनुपर्छ । ग्राहकले बैंकिङ सेवा लिनुपर्दा पहिला ग्लोबल आईएमई बैंक संझिउन् । कर्मचारीले जागिर खान पहिला ग्लोबल आइएमई बैंक नै रोजुन् । नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामक संस्थाले ग्लोबल आईएमई बैंक भन्ने वित्तिकै यो बैंकले राम्रो गर्छ, जे पायो त्यहि गर्दैन भनेर सोचुन् । ठूलो हुनु र असल हुनु फरक कुरा हो । हामी असल बैंक बन्ने छौं ।

ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो त भयो । अब सेयरधनीलाई पनि सबैभन्दा उच्चदरका लाभांश कहिले दिन्छ ?

हामी यति नै लाभांश दिन्छौं भनेर भन्नु परिपक्व हुँदैन । हाम्रो प्रयास सबै स्टेकहोल्डरका एस्पेक्टेशनहरुलाई सकेसम्म मिट गर्दै जान्छौं ।

ग्लोबल आईएमईले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दियो । आगामी वर्ष यो दर स्थीर रहला वा बढ्ने सम्भावना छ ?

कोशिस बढाउने नै हुन्छ । नाफा कति हुन्छ भन्ने विवरण हामी प्रत्येक त्रैमासमा प्रकाशित गर्दै जान्छौं । लाभांश कति दिने भन्ने निर्णय बोर्डबाट हुन्छ । त्यसभन्दा माथि नेपाल राष्ट्र बैंक छ । मेरो काम नाफा कमाउने हो ।



बैंक मर्ज हुनुपर्छ भन्नेहरुले गर्ने विभिन्न तर्क मध्ये एउटा हो ‘ठूलो बैंक भएपछि ठूलो कर्जा लगानी गर्न सक्छन् ।’ नेपालको औद्योगिकरणको अवस्था उत्साहजनक छैन । धेरै संख्यामा ठूला उद्योगहरु खुलेको देखिदैन । ठूलो बैंकले ठूलो कर्जा लगानी गर्न बजारमा ठूलो कर्जाको माग कस्तो छ ?

यो आर्थिक वर्षमा कर्जाको माग कम भएको छ । मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् । अर्बौै नाफा गरेर सरकारलाई कर तिर्ने कम्पनीहरु आईरहेका छन् । केही वर्ष अघिसम्म करोड नाफा गरेर कर तिर्ने कम्पनी औलामा गन्न सकिन्थ्यो । अहिले अर्बौ नाफा गर्ने कम्पनीहरु खुलेका छन् । राजनीतिक समस्या समाधान भएका छन् । राजनीतिक दलहरुले पनि आर्थिक विकासका एजेण्डा उठाउन थालेका छन् । देखिएका समस्या समाधान हुने भएका छन् । मलाई लाग्छ अब इकोनोमीले टेकअफ लिँदैछ ।

एकातिर निरन्तर ६/७ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अर्कोतिर तपाई भन्दै हुनुहुन्छ कि ‘इकोनोमि बाउन्स व्याक हुन्छ, टेकअप लिँदैछ ।’ यसले अर्थतन्त्रको बारेमा अन्यौलता दर्शाउदैन ?

अर्थतन्त्रमा तलमाथि भईरहेको हुन्छ, मुटुको चाल जस्तो । अर्थतन्त्रका विभिन्न क्षेत्र मध्ये कुनै क्षेत्र राम्रो हुन्छ भने कुनै क्षेत्र खराब हुन्छ । अहिले सिमेन्ट र छड उद्योगको अवस्था राम्रो छैन कि भन्ने कुरा आएको छ । बैंकहरुको नाफाको ग्रोथ नै पहिलो त्रैमासमा करिब ६ प्रतिशत मात्र रह्यो । यो भनेको नेपालको इतिहासमा ज्यादै कमजोर अवस्था हो । मेरो भनाई के हो यस्तो अवस्था धेरै समय रहँदैन । किनकी हाम्रो देशमा विकास निर्माणका काम धेरै हुन बाँकी छ ।

तपाईले भन्नुभयो कि हिजो करोड नाफा गर्ने कम्पनीहरु अहिले अरब नाफा गरिरहेका छन् । के नेपाली कम्पनीहरुको नाफा वृद्धि उच्चदरमा देखिएको हो ? आर्थिक पारदर्शीता अपनाउने, सरकारलाई कर तिर्ने मामिलामा पछिल्ला वर्षमा निजी कम्पनीहरु अगाडि बढेका हुन् ?

मूल्य अभिवृद्धि कर ऐन लागू भएपछि नै निजी क्षेत्रको वित्तीय पारदर्शीता बढेको छ । उनीहरुले तिर्ने कर पनि बढेको छ । सशस्त्र द्वन्द्वको बेलामा, राजनीति संक्रमण भएको बेलामा, दैनिक १२/१५ घण्टा लोडसेडिङ भएको बेलामा पनि सरकारी लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भयो, जबकी सरकारले पहिले नै निकै महत्वकांक्षी लक्ष्य राखेको हुन्थ्यो । पारदर्शितामा सुधार भएसँगै आर्थिक गतिविधिमा वृद्धि आएकोले नै सरकारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेको हो ।

तर कर कार्यालयमा बुझाएको आयव्यय हिसाव नै बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरिएपछि व्यवसायिक क्षेत्रबाट कर्जाको माग नै कम भयो भन्छन् नि बैंकर्सहरु ? के बैंकर्सहरुको तर्क गलत हुन् ?

ठूला कम्पनीहरुमा यस्तो समस्या छैन । उनीहरुले लुकाएर लुक्दैन भन्ने बुझिसकेका छन् । स्वीजरल्याण्डमा लुकाएर राखेको सम्पत्तिबारे पनि सूचनाहरु चुहिएका छन् । उनीहरुलाई राज्यले प्रश्न त गर्छ । उता सम्पत्ति शुद्धिकरण विभागले सोध्छ, तिम्रो सम्पत्तिको स्रोत के हो भनेर । साना तथा मझ्यौला व्यवसायीमा भने यस्तो समस्या छ । यो समस्या पनि एक दुई वर्षमा हल हुन्छ । व्यक्तिगत रुपमा म आफै पनि भन्छु ट्याक्स छलुवालाई बैंकले पैसा दिनु हुन्न । मैले बैंकका साथीहरुलाई पनि भन्ने गरेको ट्याक्स छलुवालाई ऋण दिन हामी प्रतिस्पर्धा नगरौं । जसले कर तिर्छ, त्यो कम्पनी नाफामा हुन्छ । नाफामा रहेको व्यवसायलाई कर्जा दिँदा बैंकको लगानी पनि सुरक्षित हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझ्यौला कर्जा र व्यक्तिगत कर्जा लगानीमा जोड दिइरहेको बेलामा नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा (घर कर्जा, सवारी कर्जा, घरायसी कर्जा) लगानी गर्दा सम्बन्धित व्यक्तिले पेस गरेको कर चुक्ता प्रमाणपत्रको आधारमा र मासिक किस्ता आयको ५० प्रतिशत बढी नहुने गरी मात्र कर्जा लगानी गर्न निर्देशन दिएको छ । बैंकर्सहरुले यो व्यवस्थाको विरोध गरिरहेका छन् । यसप्रति तपाईको धारणा के हो ?

राष्ट्र बैंकको निर्देशन ठिक छ । यो पहिला नै आउनुपर्थ्याे अहिले आयो । तर यसमा केही अस्पष्टता छन् । त्यसलाई स्पष्ट पार्नुपर्छ । परिवारमा श्रीमान श्रीमती दुबैको आय छ भने त्यसलाई गणना गर्ने व्यवस्था गर्नुपर्छ । कृषि आयमा आय कर छुट छ । कृषिमा आधारित आम्दानीबारे स्पष्ट हुने आधारहरु बन्नुपर्छ । रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन ।

कुनै ग्राहकले मेरो कृषि आम्दानी यति, रेमिट्यान्स आम्दानी यति छ भनेर ऋण माग गर्यो भने त्यसलाई बैंकले कसरी लिन्छ ?

मैले यसअघि नै भने कि यस्ता विषयमा राष्ट्र बैंकले प्रष्ट पार्दै, बजारलाई सहजीकरण गर्दै जानुपर्छ ।

विगतमा बैंकहरुले कृषिमा आधारित आम्दानीलाई पत्याउदैन थिए, कर्जा प्रवाह गर्नको लागि त्यस्तो आम्दानीको स्रोतप्रति विश्वास गर्दैनन् थिए । अब पत्याउनु पर्ने दिन आएको हो ?

पहिला पनि पत्याउथे, अब पनि पत्याउँछन् । तर वर्षमा १ लाख आम्दानी हुने आधार छैन, १० लाख कृषिबाट कमाई हुन्छ भन्दा पत्याउन सकिदैन । घर भाडा आयको केसमा पनि पत्याउनै गाह्रो हुने फाइल आउछन् । त्यस्तोलाई हामीले अस्वीकार गर्छौ । सानो कम्पनी, धेरै कारोबार पनि छैन, नाफा पनि छैन, तर लाखौं तलब खान्छ भनेर स्यालरी सर्टिफिकेट ल्याउँछन्, अब कसरी पत्याउने ? त्यो कागजको टुक्रालाई कसरी पत्याउने ? अब आयकरको प्रमाणपत्र भएपछि बैंकलाई त सजिलो हुन्छ ।

राष्ट्र बैंकको नयाँ सर्कुलरले बजारमा कस्तो असर पार्ला ?

एक ढेड वर्षको लागि यसले केही समस्या पार्ला । त्यसपछि धेरै सजिलो हुन्छ । अब बैंक स्टेटमेन्टका आधारमा उसको आय हेर्न सकिन्छ । मेरो विचारमा अब ५० हजारभन्दा बढीको सबै कारोबार बैंकबाट मात्र गर्नुपर्छ । त्यस्तो भयो भने कृषिको आम्दानी, घर भाडा आम्दानी लगायत सबै आम्दानी पारदर्शी हुन्छ । त्यसका आधारमा बैंकले कर्जा दिन सजिलो हुन्छ ।

बैंकमा लगानी योग्य रकम बढेको र व्याजदर घट्न लागेको हो ?

विगत १७ महिनामा बैंकहरुको सीडी रेसियो उच्चतम विन्दुमा पुग्दा ९१.४ प्रतिशत भएको रहेछ । यदि अहिले सीडी रेसियो त्यो विन्दुमा पुग्ने गरी लगानी गर्न हो भने थप ५४ अर्ब कर्जा लगानी गर्न सक्छन् । त्यसैले अहिलेको स्थीति सहज छ ।

बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन ।

अब विग टेष्ट मागको पहिलो सातामा हुन्छ । एनसेलले २२ अर्ब कर तिर्नुपर्छ । यस वर्षको अनुमानित आयकरको ४० प्रतिशत पुस मसान्तमा तिर्नुपर्छ । यस्तो कर गत वर्ष ८० अर्ब रुपैयाँ सरकारको खातामा गएको थियो । बैंकहरुको पनि नाफा कम छ । कर्पोरेट क्षेत्रको पनि नाफा कम छ । ८० अर्बको सट्टामा ६० अर्ब नै सरकारी खातामा गयो भने पनि बैंकमा तरलता टाइट हुन्छ । तर सरकारको विकास खर्च १० प्रतिशत मात्र भएको छ । अब सरकारले भटाभट खर्च गर्न थाले, ठेकदारहरुले पनि भुक्तानी पाए भने फेरी बजारमा पैसा आउँछ । पोहोर परार जस्तो तरलताको हाहाकार हुने सम्भावना छैन ।

बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन ।

राष्ट्र बैंकको नीति निर्देशनहरु बैंकको नाफा बढाउने सहयोग गर्ने खालको छैनन्, बरु घटाउने खालका छन् । बैंकको नाफा बढाउन व्यवस्थापन पक्षलाई बैंकका सञ्चालक तथा प्रवद्र्धकको निकै दवाव परेको बताइन्छ । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि देखिन्छ । यसले बैंकहरुलाई जोखिममा पार्दैन ?

समग्रमा हेर्दा बैंकहरु जोखिममा छैनन् । खराव कर्जा पनि कम छ । संस्थागत सुशासन पनि राम्रो छ । बैंकभित्र गडबड गर्यौ भने तिमीहरु जेल जानुपर्छ भन्ने सन्देश राष्ट्र बैंकले दिईरहेको छ । गडबड गर्नेहरु जेल पनि परेका छन् । हाम्रा छिमेकी देशमा एउटा बैंकका सञ्चालकले अर्को बैंकबाट कर्जा लिने र कर्जा नतिर्ने अभ्यास देखिन्छ तर नेपालमा त्यस्तो छैन । यहाँ कर्जा नतिर्नेलाई कालोसूचीमा राख्ने अभ्यास भएको छ ।

तर बैंकहरुमा नयाँ प्रकारको जोखिमहरु बढेको देखिन्छ । पहिला साना कर्जा हुन्थे । धितो प्रयाप्त हुन्थ्यो । कर्जा उठेन भने धितो बेचेर पनि बैंकले पैसा उठाउथ्यो । तर अहिले ठूलो परियोजनाहरुमा ठूलो कर्जा जान थाले । त्यसमा धितो प्रयाप्त हुँदैन । यस्ता परियोजनाहरु असफल भए भने बैंकको लगानी पनि जोखिममा पर्छ । यस्ता जोखिमबारे बैंकहरु सचेत हुनुपर्छ ।

अहिले भएको लगानीको जोखिम, निक्षेपको बजार, कर्जाको बजार, व्याजदर, नेपालको सबैभन्दा ठूलो बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नुभएकोमा बधाई छ । यो ठाउँमा आईपुग्न तपाईले मिहेनत कति गर्नु पर्याे, भाग्यले कति साथ दियो ?


मिहेनत गर्नै पर्यो । गाउँको मान्छे, सामान्य किसानको छोरो, यो ठाउँमा आइपुग्न मिहेनत त गर्नै पर्यो । तर मिहेनत धेरैले गरेका हुन्छन् । मिहेनतले मात्र पनि पुग्दैन । मलाई भाग्यले पनि साथ दिएको छ ।

मिहेनत बलवान हो कि भाग्य ?

म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिव २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो ।  जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो ।

मेरो विचारमा दुबै हो । दुई मध्ये एक छान्नुपर्यो भने कर्म नै छान्छु । भाग्य छ भन्दैमा ढोकामा दुध दोहेएर हुँदैन ।

कति वर्ष भयो बैंकिङ क्षेत्रमा लाग्नु भएको ?

मैले बैकिङ शुरु गरेको सन् १९८६ जुनमा हो । ३४ वर्ष भयो ।

तपाईमाथि एउटा आरोप पनि छ । तपाई जुन जुन बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभयो, ती सबै बैंक विलय भएर गए । जस्तो बैंक अफ एशिया, ग्राण्ड वा जनता । यसबारे तपाईको भनाई के छ ?

म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिब २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । यो बैंकमा कर्मचारीको हैसियतले पाएको सेयर मसँग छ । मर्ज भएर त्यो बैंकले सेयरधनीका लागि राम्रो प्रतिफल दिएको छ । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो । मर्जपछि यो बैंकको सेयरधनीलाई पनि फाइदा भएको छ ।

जनता बैंकका लगानीकर्ताले स्वेच्छाले ग्लोबल आईएमई बैंकमा मर्ज गरेका हुन् । जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विगतका अन्तरवार्ता पढ्नु भयो भने देख्नुहुन्छ, म बैंकमा हुँदा पनि, नहुँदा पनि, बैंकहरु मर्ज हुनुपर्छ भनेको छु । बैंकहरुबीचको मर्जले सबैलाई लाभ नै हुन्छ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले मलाई के चुनौति छ भने हामीले राम्रो गर्न सक्यौ भने बजारमा राम्रो सन्देश जान्छ । अरु बैंक पनि मर्जमा जान्छन् । मर्ज गरेर राम्रो भएन भने नराम्रो सन्देश जान्छ । यो विषयमा हामी गम्भिर छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.