१४ औं वर्षको अवसरमा हाम्रो प्रण

  २०७६ पुष २० गते १८:४३     विकासन्युज

विकास मिडियाको पहिलो प्रकाशन देशविकास साप्ताहिक पत्रिका नियमित प्रकाशन हुन थालेको १३ वर्ष पूरा भएको छ । १४ औं वर्षको प्रवेशको अवसरमा हामी हाम्रा पाठक, विज्ञापन दाता, वितरक, विक्रेता, सहयोगि तथा सुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

देशविकासको मेरुदण्ढ आर्थिक विकास हो, आर्थिक विकासको इन्जिन भनेको निजी क्षेत्र हो । नागरिकको साथै लगानीको सुरक्षा, न्याय, सुशासनको प्रत्याभूतिसरकारले गर्नुपर्छ । साथै, पूर्वाधार निर्माणमा सरकारले अगुवाई गर्नुपर्छ । नाफा मुलक क्षेत्रमा निजी क्षेत्रले काम गर्ने हो । निजी क्षेत्रले नाफामा सरकारले तोकेअनुसार कर इमान्दारिपूर्वक तिर्नुपर्छ । सरकारले करको सदुपयोग गर्नुपर्छ । सरकारले खुला अर्थनीति लिनुपर्छ । निजी क्षेत्रले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ । स्वस्छ प्रतिस्पर्धात्मक वातावरणमा नै उपभोक्ताले सहज रुपमा, उचित मूल्यमा गुणस्तरीय बस्तु तथा सेवा किन्ने मौका पाउँछन् भन्ने हाम्रो सम्पादीय मुल नीति हुन् । यसमा हामी अविचलित रुपमा लागेका छौं ।

सञ्चार क्षेत्रमा आएको परिवर्तन, प्रविधिमा आएको परिवर्तन, पाठकको रुचिमा आएको परिवर्तन, समाचारका स्रोतमा आएको परिवर्तन र सरकारले लिएका नीतिका आधारमा हामीले आफूलाई समाहित गर्दै लैजानुछ । त्यसैले छापा पत्रकारिताबाट शुरु भएको विकास मिडियाको यात्रामा हाल डिजिटल पत्रकारितमा समेत अगुवाई गर्ने मौका मिलेको छ । देशविकास पत्रिका आर्थिक साप्ताहिक वर्गमा अग्रणी र क वर्गको पत्रिकाको रुपमा धेरै वर्षदेखि स्थापित छ । अनलाईन संस्करण विकासन्युज डट कम र यूट्युव संस्करण विकासन्युज हाम्रा लाखौ पाठकले मनपराएको प्लेटफर्म हुन् । १३ वर्षअघि काठमाडौं केन्द्रीत पाठकमा सीमित हाम्रो पत्रकारिताको दायरा फराकिलो भएर देशविदेश जहाँबाट पनि पढ्न, हेर्न र सुन्न पाउने अवस्था भएको छ ।

सारभूत रुपमा विकास निर्माणप्रति सकारात्मक दृष्टिकोष राख्दै उत्पादन वृद्धि, रोजगारी वृद्धि, आय वृद्धिमा सहयोग पुग्ने सूचना, समाचार, विचार र विश्लेषण पस्कदै आएका छौं । १४ औं वषै प्रवेशको अवसरमा पुँजी निर्माण र रोजगारी सिर्जना कसरी हुनसक्छ र पछिल्लो ट्रेन के छ भन्ने विषयमा केन्द्रीत भई यो अंक तयार गरेका छौं । १४ औं वर्षमा हामी पाठकको रुचि, समाज र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर थप परिस्कृत ढंगले प्रस्तुत हुने प्रण गर्दैर्छौ । हामीलाई निरन्तर माया गर्ने पाठक, बिक्रेता, वितरक, विज्ञापन दाता, सहयोगि सुभचिन्तक सबैबाट अझ धेरै माया र सहयोगको अपेक्षा गर्दै सहकार्यलाई निरन्तर अगाडि बढाउन चाहान्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.