१२ वर्षमा उत्कृष्ट बन्यो डिभाइन वाइन, अब निर्यात गर्ने तयारीमा

  २०७६ मंसिर २४ गते १६:४४     विकासन्युज

काठमाडौं । विगत १२ वर्षको मिहेनतले नेपालको उत्कृष्ट उत्पादन बन्न सफल डिभाइन वाईन अब विदेशमा पनि निर्यातको हुने भएको छ । कम्पनीले रेड वाईन, ह्वाइट वाईन, स्वीट वाइन, ड्राइ वाईन उत्पादन गरी नेपालभर बिक्री वितरण गर्दै आएको छ ।

विश्वको उत्कृष्ट प्रविधि प्रयोग गरी नेपाली अंगुरबाट बनेको वाइन नेपालमा लोकप्रिय भएको र अब विदेशमा पनि निर्यात गर्ने तयारीमा रहेको डिभाइन वाइनको उत्पादक कम्पनी माईकाली वाईन प्रालिका प्रबन्ध निर्देशक सन्तोष खड्काले बताए ।

‘हामी वाइन उत्पादनको कार्यमा जुटेको १२ वर्ष भयो । उत्पादन तयारी गरी बजारमा बिक्री वितरण गर्न लागेको पनि १० वर्ष भयो । नेपाली ग्राहकको पहिलो रोजाईमा डिभाइन वाइन भएको छ । अब हामी निर्यातको तयारीमा जुटेका छौं’ खड्काले भने ।

कम्पनीको अध्यक्ष कृष्मत अधिकारीका अनुसार कम्पनीले धादिङ जिल्लामा ४० रोपनी जग्गामा रातो र सेतो दुबै प्रकारको अंगुर फलाउदै आएको छ । नेपालमा उच्च गुणस्तरको अंकुर फलेको र नेपाली वाइनबाट बनेको वाइन निकै स्वादिलो भएको वाइनका विज्ञ र पारखीहरुले बताउने गरेको उनको भनाई छ ।

डिभाइन वाइन उत्पादन गर्दा अधिक मात्रमा नेपाली कच्च पदार्थको प्रयोग भएको र वाहिरबाट आयात गरिएको कच्चा पदार्थ नगन्य मात्रामा प्रयोग भएको उनले बताए । कम्पनीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १५० जना भन्दा बढीलाई रोजगारी दिएको, विदेशी वाइन आयात विस्तापित गर्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.