प्रोग्रेशिभ फाइनान्सको दुई नयाँ शाखा सर्लाही र धनुषामा

  २०७६ मंसिर १० गते १७:०६     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सर्लाही र धनुषा जिल्लामा दुई नायाँ शाखा विस्तार गरेको छ ।
फाइनान्सले आइतबार र सोमबार क्रमशः सर्लाहीको मलंगवा नगरपालिका र धनुषाको क्षिरेश्वर नाथनगरपालिका, महेन्द्रनगरमा विस्तारित शाखाको उद्घाटन गरेको हो ।

मलंगवा नगरपालिकाको शाखाको उद्घाटन सोही नगरपालिकाका नगर प्रमुख निरसल साहले र क्षिरेश्वरनाथ नगरपालिकाकाे शाखाको उद्घाटन नगर प्रमुख योगेन्द्र पजियारले उद्घाटन गरेका हुन् ।

चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रहेको छ । त्यस्तै, न्यूरोडमा मूख्यशाखा सहित बनेपा, पोखरा तथा यी दुई शाखासमेत गरी जम्मा ६ शाखा संचालनमा रहेको छ ।
त्यसैगरी संस्थाले ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाडौंको तीनकुने तथा भक्तपुरको ठिमीमा गरी ४ एक्सटेन्सन काउण्टरहरुमार्फत निरन्तर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले निकट भविष्यमा देशका अन्य प्रमुख शहरहरुमा पनि नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना बनाएको फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले बताएका छन् । फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले वित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.