मंसिर १३ गतेदेखि देशभर मखमली प्रदर्शन हुँदै

  २०७६ कार्तिक २७ गते १३:२४     विकासन्युज

काठमाडौं । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।  ६० वटा हलमा एक्कै साथ प्रदर्शन हुने मखमलीमा यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा चलचित्रमा संगीत वसन्त सापकोटा रहेको छ भने रामेश्वर हुमगाईको छायांकन रहेको छ ।

२१ औं शताब्दीमा आइपुग्दा पनि नेपालको ग्रामिण बस्तीमा देखिने पुरुष र महिलाबीचको विभेदलाई पर्दामा उतारिएको छ । मखमलीले यस चलचित्रमार्फत नारीको प्रतिनिधित्व गर्दै नारीको समस्या र भोगाईलाई प्रस्तुत गरिएको छ । चलचित्र निर्माणकाे क्रममा विशेष सहयोगीको रुपमा दामोदर भट्ट र गोकर्ण सापकोटाले निर्माता चिलुवाललाई सहयोग गरेका जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.