भक्तपुरको भाटभटेनीमा क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स

  २०७६ कार्तिक २१ गते १४:५२     विकासन्युज


काठमाडौँ । क्यूएफएक्स सिनेमाजले भक्तपुर ठिमीको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स लञ्च गरेको छ । रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टीम क्वेस्टकोको व्यवस्थापन रहनेछ ।

नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डेप्थ क्यू थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ, जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ । यसका साथै तीनवटै स्क्रिनहरुमा डोब्ली एट्मोस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ ।

पहिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा ७०२ सिट क्षमता रहेको छ, जसमध्ये ४० वटा रिक्लिनर सिट रहेका छन् ।

यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालनसंगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रालिले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ, जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै सञ्चालनमा आउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.