बलिउड सुपरस्टार गोविन्दा नेपाल चलचित्र स्वर्णिम महोत्सवमा

  २०७६ कार्तिक २१ गते ११:११     विकासन्युज

काठमाडौं । बलिउडका सुपरस्टार गोविन्दा अहुजा नेपाल चलचित्र स्वार्णिम महोत्सवमा सहभागी भएका छन् । विरगञ्जमा बिहिबारदेखि हुने उक्त महाेत्सवमा सहभागी हुन श्रीमती सुनिता अहुजाकासाथ उनी  मंगलबार नेपाल आएका हुन्।

नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने उक्त कार्यक्रम नेपालको चलचित्र क्षेत्र र यसबाट हुने सकारात्मक तथा नकारात्मक कुराको बारेमा छलफल हुने आयोजक चलचित्र निर्माता संघले जानकारी दिएको छ ।

नेपालका विभिन्न भाषा, संस्कृति, परम्परागत विषयलाई लिएर हुने उक्त कार्यक्रम कार्तिक २३ गतेसम्म हुनेछ । चलचित्र क्षेत्रमा आबद्ध रहेका राष्ट्रिय  तथा स्थानीय कलाकारको उपस्थिति रहने जनाइएकाे छ ।

सो कार्यक्रम मार्फत भविष्यमा चलचित्र क्षेत्रको अवस्था तथा चुनौतीका विषयमा पनि कुरा हुनेछ । नेपाली युवतीसँग विहे गरेकै कारण गोविन्दा पटक-पटक नेपाल आउने गरेका  छन् । गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागिता जनाउन उनी छोरीसहित नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.