लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने

  २०७६ कार्तिक १९ गते १५:२७     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक खुल्ला गल्फ २०१९’ आयोजना गर्ने भएको छ । आगामी शनिवबार आयोजना गरिएको यो प्रतियोगिता छैठौँ संस्करण हो ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ ।

यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.