सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ हुने

  २०७६ कार्तिक १७ गते १८:२९     विकासन्युज


काठमाडौँ । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन् ।

सप्तरङ्गको पहिलो शृँखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही २०७६ कात्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ । कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहने छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल लगायतका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.