नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

  २०७६ कार्तिक १३ गते १५:३५     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्रिय क्रिकेट टिमको  कप्तानमा ज्ञानेन्द्र मल्ल छनाेट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ कप्तानका रूपमा मल्ललाई छनोट गरेको हो ।

क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए ।

यू १९ टिममा कप्तान रहिसकेका उनले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेका छन् । क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.