शेयर बजार: यस साता पुगेन अर्बमाथि कारोवार

  २०७६ कार्तिक ९ गते १६:०३     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १ सय ५५ कम्पनीको ३४ लाख ८४ हजार २ सय ७१ कित्ता शेयर ९३ करोड ४३ लाख ९६ हजार ९७ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुग्यो ।

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १ सय २८ कम्पनीको चार लाख २१ हजार ४ सय ७४ कित्ता शेयर ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुग्यो । कूल १ सय४५ कम्पनीको ६ लाख ८ हजार ६०१ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँमा खरीद बिक्री भयो ।

मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुग्यो । कूल १ सय ५५ कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता शेयर १६ करोड ५२ लाख ९६ हजार पाँच रुपैयाँ बराबरको कारोवार भयो।

बुधबार नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुग्यो । कूल १५३ कम्पनीका ६ लाख ४ हजार ७२८ कित्ता शेयर १६ करोड ३७ लाख ५७ हजार ८ सय ४७ रुपैयाँमा खरीद बिक्री भए ।
बिहीबार कूल १ सय ५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता शेयर ३२ करोड ७६ लाख ३२ हजार २ सय ५८ रुपैयाँमा खरीद बिक्री भयो ।
यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.