वीरगञ्जमा कात्तिक २१–२३ गतेसम्म नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ हुने

  २०७६ कार्तिक ६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र सघंले अब फिल्म सुटिङ हुने स्थानका कलाकारहरुलाई पनि फिल्ममा खेलाउने भएको घोषणा गरेको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलमा नेपाल चलचित्र सघंका अध्यक्ष आकाश अधिकारीले यस्तो कुरा बताएका हुन् । उनले भने-‘अब फिलिम सुटिङ हुने ठाँउका स्थाननीय कलाकारले पनि फिल्ममा स्थान पाउने छन ।’ नेपाली फिल्म नचल्नुको कारण स्थानीय कलाकार नसमेटिनु पनि भएकाले अब स्थानीय कलाकारहरु समेटिने बताए ।

महोत्सव कार्तिक २१, २२ र २३ गते प्रदेश नं. २ को वीरगञ्जमा हुने भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ सञ्चालन हुने भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली बजार पनि विश्वका लागि फिल्म सुटिङको राम्रो गन्तव्य हो भनेर चिनाउन सकिने बताइन् ।

निर्माता ताथ हास्य कलाकार दीपकराज गिरीले नेपालमा विदेशी फिल्म चलाउँदा नेपालीभन्दा १०० रुपैयाँ मंहगो लिनु पर्ने बताए । उनले भने-‘नेपालीभन्दा सस्तोमा वा बराबरी मूल्यमा विदेशी फिल्म नेपाली हलहरुमा लाग्ने भएकाले पनि नेपाली फिल्मजगत माथि उठ्न कठिन भएको बताए ।

महोत्सवमा नेपाली र भारतीय निर्माता तथा कलाकारको सहभागिता रहने छ । महोत्सव ६० देखि ७० हजार जनाले अबलोकन गर्ने आयोजकको जानकारी दिएको छ । प्रत्येक वर्ष एक-एक वटा प्रदेशमा फिल्म महोत्सव हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.