पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजिनामा

  २०७६ असोज २८ गते १२:४६     विकासन्युज

काठमाडाैं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान छाडेका छन्। मंगलबार नेपाली क्रिकेट टिमका मिडिया व्यवस्थापक सुरज शाक्यले पारसले जारी गरेको विज्ञप्ति पठाउँदै सो कुराको पुष्टि गरेका हुन्। खड्काले विज्ञप्तिमा भनेका छन् – नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी छु र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रो गरोस् भन्ने कामना गर्दछु।

अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवात नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस् भन्ने चाहन्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल।

सन् २००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । खड्काले कप्तान पद छाडेपनि राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.