मधु लामाको दाबी : साजन मेरो आफन्त होइन, मैले राम्रो निर्णय गरेँ

  २०७६ असोज २७ गते २२:०४     विकासन्युज

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन २ अन्तर्गत ब्याटल राउन्डमा डुओको प्रस्तावलाई अस्वीकार गरेका प्रतिस्पर्धी मधु लामाले साजन लामा आफ्नो आफन्त नै नभएको दाबी गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत् करिब ७ मिनेट लामो वक्तव्य दिँदै उनले मधुको भनाई असत्य भएको भन्दै उनले त्यसो गर्नु हुँदैनथ्यो भनेका छन् ।

उनले आफूले गरेको डिसिजन सही भएको भन्दै साजनसँगै डुओ भएर गएको भए आफू धेरै अघि बढ्न नसक्ने दाबी समेत गरे ।

भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत छैटौं एपिसोडका यी दुई प्रतिस्पर्धीबीच भिडन्त भएको थियो । कोचको रुपमा रहेका गायक प्रमोद खरेलले उनीहरुको प्रस्तुतिमा म्याचिङ देखेपछि डुओ बनेर जाने प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई चारैजना कोचहरु र साजन लामाले समेत स्वीकारे पनि मधुले मानेका थिएनन् ।

यसैबीच साजनले आफ्नो फेसबुक पेजमार्फत् भावुक सन्देश दिएका छन् । ‘तपाईँहरुको माया र आशिर्वाद बोकेर गएको थिएँ । तर त्यो जोगाउन सकिँन । मलाई माफ गरिदिनुहोला यसपाली यस्तै भयो……’ उनले लेखेका छन् ।
उता मधुले गरेको निर्णयले उनीविरुद्ध दर्शकलाई आक्रोशित बनाएको छ । दर्शकहरुले उनलाई आगामी चरणमा भोट नगर्ने बताउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.