पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक

  २०७६ असोज १४ गते १२:०३     विकासन्युज

काठमाडौं । पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो ।

फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता÷दर्शकमाझ ल्याएको उमेश राईले बताए ।

यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.