कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

  २०७६ असोज ८ गते १८:३३     विकासन्युज

काठमाडौँ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कर्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवाविकास बैंकले एकल र संयुक्त दुवैतर्पm जित हासिल गरेको छ ।

असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकलतर्पm कामना सेवा विकास बैंकका शाखा प्रमुख विशाल खड्का र संयुक्ततर्फ विशाल खड्का एवम् विश्वास नेपालले जित हासिल गरे ।

प्रतियोगिताका हालसम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१-१२ र २१-१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.