इलेक्ट्रिक बाइक रिभ्यू : भिमोटो सुपर सोको टिसि

  २०७६ असोज ६ गते १०:४५     विकासन्युज

काठमाडौं । ६० भोल्टको लिथियम आयन ब्याट्री प्रयोग भएको भिमोटोको सुपरसोको टिसिले फूल चार्जमा १ सय किलोमिटरसम्मको रेञ्ज दिन्छ भनी कम्पनीले दावी गरेको छ ।
मतलव, ब्याट्री फूल चार्ज गरिएको छ भने १ सय किलोमिटरसम्म आरामका साथ बाइक चलाउन सकिन्छ । बाइकमा २ ओटा ब्याट्रीका लागि स्पेस भएको हुनाले एउटा ब्याट्रीको चार्ज सकिएमा अर्को ब्याट्री हालेर पनि आफ्नो यात्रालाई निरन्तरता दिन सकिन्छ ।

यस बाइकमा स्मार्ट फिचरको रुपमा कि–लेस लकिङ्ग सिस्टम दिइएको छ । मतलव बाइकलाई अन वा अफ गर्नका लागि यसमा चाविको सट्टा रिमोटको प्रयोग हुन्छ ।ह्याण्डलमा भएका स्पिड स्विचहरुले बाइकको राइडिङ्ग मोड निर्धारण गर्छन् । फस्र्ट मोडमा बाइकले थोरै स्पिड र धेरै रेञ्ज, सेकेण्ड मोडमा अलि बढि स्पिड तर केहि कम रेञ्ज र त्यसैगरी थर्ड मोडमा चाहिँ सबैभन्दा धेरै स्पिड तर थोरै रेञ्ज दिन्छ ।

साे बाइकमा आफूलाई सजिलो हुने गरी एड्जस्ट गर्न मिल्ने पेडलहरु छन् । त्यसैगरी यसको सस्पेन्सनको कुरा गर्नु पर्दा अगाडि अपसाइड डाउनफर्क र पछाडि भने मोनोसक दिइएको छ । यी सफ्टर सस्पेन्सनहरुले खाल्डाखुल्डी बाटोहरुमा पनि चालकलाई केहि हदसम्म राहत दिन्छ । यस बाइकको दुवै चक्काहरुमा डुअल पिस्टन डिस्क ब्रेक दिइएका छन् भने अझ छोटो ब्रेकिङ्ग डिस्टेन्सका लागि सिबिएस युनिट पनि दिइएको छ । यसमा प्रयोग भएको मोटर एउटा प्रख्यात जर्मन ब्राण्ड ‘बश’ ले म्यान्युफ्याक्चर गरेको इलेक्ट्रिक हबमोटर हो ।

यसले ३ हजार वाटको पावर र त्यसैगरी १ सय ५० एनएमको टर्क प्रोड्यूस गर्दछ । लब्याट्री चार्जको कुरा गर्नुपर्दा पार्क गर्ने ठाउँमा सकेट भएमा बाइकलाई नै सिधै चार्ज गर्न सकिन्छ । तर सकेट नभएको खण्डमा चाहिँ ब्याट्रीलाई निकालेर छुट्टै चार्ज पनि गर्न सकिन्छ । कम्पनीको दावी अनुसार यस बाइकको ब्याट्री ५ घण्टा भित्रमै फूल चार्ज हुन सक्छ तर अर्जेन्ट रुपमा कतै जानुपरेको खण्डमा भने २० मिनेट मात्र गरेको चार्जले पनि २० देखि ३० किलोमिटरको रेञ्ज दिनेछ ।

जम्मा ८४ के.जी. कर्ववेट रहेको यस बाइकको सिट हाइट भने ७ सय ७० मिलिमिटर छ जसले होचा राइडर्सहरुलाई पनि बाइक चलाउँदा खासै अप्ठ्यारो महशुस नहुने जानकारी दिँदै भिमोटोको नेपालका लागि आधिकारिक विक्रेता अष्ट अटोमोवाइल प्रा.लि. रहेको जनाएकाे छ ।काठमाडौंको टेकुमा प्रधान कार्यालय रहेको यस कम्पनीले नेपाली बजारमा यस बाइकलाई रु.२ लाख ७९ हजार मूल्यमा विक्रि गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.