मार्ग ईआरपीको सर्भिस सेन्टर काठमाडौँमा

  २०७६ असोज ३ गते १८:००     विकासन्युज


काठमाडौँ । भारतीय कम्पनी मार्ग ईआरपी लिमिटेड नेपाल च्याप्टरले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर खोलेको छ । नेपाल च्याप्टर “नेपाल ईआरपी इन्टप्र्राइजेज्” अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको हो र यसले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिले देखि सेवा शुरु गरिसकेको छ ।

कम्पनीको लक्ष्य १५ जना स्थानीय साझेदारी तथा मार्ग कर्मचारीहरुको टोलीका साथ प्रत्येक महिना ३५० भन्दा बढी उद्यम तथा व्यवसायहरुलाई स्वचालित र कम्प्यूटराइज गर्ने रहेको छ । कम्पनीको भर्टिकल तथा होरिजेन्टल विस्तारका लागि उनीहरुले थप मानव जनशक्ति नियुक्त गर्दैछन् ।

देशका सरोकारवालाहरुसँग संलग्नता र अन्तक्रिया बढाउन नेपाल ईआरपी इन्टप्र्राइजेज (मार्ग ईआरपी) ले नेपाल बिजनेश पार्टनर मिट पनि आयोजना गरेको थियो । मार्ग ईआरपीका भारतका कन्ट्री हेड प्रितेश प्रभाकर पाटिल, इन्टरनेशनल मार्केटिङ्गका सिनियर म्यानेजर तारकेराव सिंहले सम्बोधन गरेको उक्त बैठकमा नेपालका सातै वटा प्रदशेका साझेदारहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा मार्ग ईआरपी नेपालका सिनियर म्यानेजरले फार्मेसी एसोसिएसनका अध्यक्ष अमृत खनाल, अडिटर एसोसिएसन नेपालका सीईओ नरेश खनाल तथा फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिल्भर डिलर एसोसिएसनका उपाध्यक्ष माणिकरत्नले रचनात्मक छलफल गरेका थिए ।

मार्ग ईआरपी नेपालले देशमा सक्रिय रुपमा स्थानीय प्रतिभालाई प्रशिक्षण गर्नेछ र अभ्यस्त जनशक्ति उत्पादन गर्नेछ । कम्पनी लघु, साना तथा मझौला उद्योगको बढ्दो आवश्यकतालाई सहयोग गर्न देशमा उच्च दक्ष मानव विकास गर्न प्रतिबद्ध रहेको छ ।

कम्पनीको योजना र यसको भावी योजनाबारे बोल्दै मार्ग ईआरपी लिमिटेडका प्रबन्ध निर्देशक सुधिर सिंह नेपालको लघु, साना तथा मझौला उद्योग आकर्षक छ र विश्वव्यापी बजारका लागि बेजोड अफरहरु रहेका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.