दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रिपदेखि स्कूटर उपहार

  २०७६ असोज २ गते १७:५४     विकासन्युज

काठमाडौँ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षितगर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो ।

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिनेछ । मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निःशुल्क बीमा हुनेछ भने निःशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ । त्यसैगरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निःशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुनेछन् ।

उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुन्धाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।

मोवाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने छ । अफर भित्रपनि अफर अन्तरगत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हातखाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्धनिर्देशक संगम राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.