सिमान्त र श्रृजनको स्वरमा रहेको ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ गीत सार्वजनिक

  २०७६ असोज २ गते १०:४८     विकासन्युज

काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।
‘हामीले स्रोता÷दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने ।

‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तल्लिन उनका एक दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकको रोजाईमा परेका छन् ।

गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ…’ले पनि स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.