बिग मार्टको ‘दशैं तिहार सुपथ पसल’ शुरू

  २०७६ असोज १ गते ११:२०     विकासन्युज

काठमाडौं । बिगमार्टले चाडबाडलाई लक्षित गरेर ‘दशैतिहार सुपथ पसल’ ल्याएको छ । असोज १ गतेदेखी छठसम्म संचालन हुने सो अफर अन्तर्गत करिब २ सय समानहरुमा ५ रुपैयाँदेखी २ सय ५१ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सनफ्लावर तेल देखी जिरा मसिनो चामलसम्मका खाद्यान्नमा छुट दिइएको छ । जसअनुसार अमृत सनफ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ, मसुरो दालमा प्रतिकिलाे १५ रुपैयाँ, चिउरामा १० रुपैयाँ, चनामा ६ रुपैयाँ छुट दिएको कम्पनीले बिज्ञप्ति मार्फत जनाएको छ । डिडिसी घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ ।

धारा तेलमा १८ रुपैयाँ र चिनीमा प्रति रुपैयाँ ७ रुपैयाको दरले छुट दिएको बिगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए । यस्तै जिरा मसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैया छुट दिइएको छ । उक्त छुट आफ्नो ३७ वटै शाखाबाट दिइएको उनले बताए । ‘चाडबार्डको अवसरमा सरकारले पनि सहुलियत पसल संचालन गर्न आग्रह गरेको थियो,’ प्रमुख देवले भने, ‘सोही अनुसार हामीले सहुलियत पसल संचालन गरेका छौ ।’

बिगमार्टले बजारको मूल्यमा नै तरकारी तथा फलफुल उपलब्ध गराउँदै आएको छ । यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा बिशेष छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्री, सरसफाईका सामग्री तथा पेय प्रदार्थ लगायतमा पनि बिशेष छुट दिइएको बिगमार्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.