ईपीएल भारतीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

  २०७६ भदौ ३१ गते १७:३२     विकासन्युज

काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको यस वर्षको संस्करणको प्रसारण भारतीय टेलिभिजन च्यानल डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने भएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे लिगको जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो ।

नेपालको लागि भने प्रसारण अधिकारी ईपीएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानलहरुलाई पनि लिगबारे अधिकार प्रदान गर्न सक्नेछ । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको थियो ।

ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए । डी स्पोट्र्सका दिलिपले पनि नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए । यू१९ टोलीका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय बोर्डकाष्टले विदेशी समर्थक आर्कषित गर्नुको साथै स्तरीय प्रसारण देख्न पाइने र नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बताए ।

नेपाली क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडिया डी स्पोर्ट्सको प्रयोग गरिएको हो । यसअघि ईपीएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपिवान एचडीले गरेको थियो ।

चौथो संस्करणको ईपीएल आगामी फागुन १७ देखि चैत्र १ सम्म हुने छ ।एभरेष्ट प्रिमियर लिगको ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.