सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा

  २०७६ भदौ ३१ गते १७:२४     विकासन्युज


काठमाडौँ । सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा आएको छ । सगरमाथा प्रिकास्टको स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ प्लान्ट सुनवल नवलपरासीमा रहेको छ ।

प्रिकास्ट निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट इन्फ्रास्टक्चर निर्माणमा सहयोग पुग्ने सगरमाथा प्रिकास्ट प्रालिले जनाएको छ ।

हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजीहरु प्रयोग गरिरहेको जनाएको छ । साथै उच्च गुणस्तरीय कच्चा पदार्थहरु सुक्ष्म रुपले कम्पनीको स्टेट अफ दी आर्ट प्रयोगशालामा परीक्षण गर्छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटीकता र स्थिरताका साथ नवीन उत्पादनहरुको ग्यारेन्टी जनाइएको छ ।

कम्पनीले मेक ईन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ । साथै यो उत्पादन नेपालमा पहिलो पटक आर्थिक विकासको लागि बनेको र यसले नेपालीलाई ठूलो संख्यामा रोजगारी पनि दिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.