नेपालमै रोजगार गर्ने ठाउँहरु प्रशस्तै छन् खाडी जानु अघि एकपटक सोचौंः श्री खनाल

  २०७६ भदौ २९ गते ४:१३     विकासन्युज

नेपालमा अल्ट्रा गु्रप अन्र्तगतको इन्टेरियरबाट फर्निचर तथा सोलार सम्बन्धि वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । नेपालमा फर्निचर बनाउन दक्ष जनशक्तिको अभाव हुँदा कतिपय अवस्थामा विहारबाट आएका समान्य वर्गलाई महत्वपूर्ण काम सुम्पिनु पर्ने बाध्यता कम्पनीको छ ।

खाडीमा थोरै तलब भत्तामा नेपाली युवाहरूले दुःख गरिरहेका छन् । तर, सोही समयमा आफ्नै देशमा दक्ष जनशक्ति अभावको छ । नेपाली युवाहरूले सिप सिक्ने बानीको विकास गराउन सके नेपालबाट विदेशिने रकम रोकिन्छ भने युवाहरूको परिश्रम स्वदेशी उत्पादनमा खर्च हुन्छ ।

अन्ट्रा गू्रप कम्पनी अन्र्तगतको इन्टेरियर प्रमुख श्री खनालसँग बिकासन्युजले गरेको कुुराकानीमा आधारितः

तपाईको कम्पनीले के कस्ता सामाग्रीहरू उत्पादन गर्दै आएको छ ?

इन्टेरियरसँग सम्बन्धित सामाग्री पाइन्छ । यस्ता डिजाइनसँग सम्बन्धि सामग्री सोलार लगायतका होलसेलका सामान हामीले बनाउँछौ ।

तपाईहरुको उत्पादन स्वदेशी हो कि विदेशी ?

हामीले हाम्रो उत्पादन आफैले बनाउँदै आएका छौँ । एउटा प्रडक्ट सप्लाइ र अर्को डिजाइन हामीले गर्छौ । अल्ट्रा गु्रप विङ्ग हो हाम्रो ।

यहाँहरूको मुख्य काम हो ?

हाम्रो मुख्य काम भनेको फर्निचर हो । साथै, हामीले डिजाईनको समेत काम गर्छौ ।

फर्निचर बनाउँदा कुन काठ बढी मात्रामा प्रयोग हुन्छ ?

सल्लाको काठ हाम्रोमा बढी मात्रा प्रयोग हुन्छ । यस्तै, अग्राखलगायत काठका सामानहरु पनि हामीले प्रयोग गर्दै आएका छौ ।

ग्राहकहरूकोे रुची कस्तो सामानमा बढी हुन्छ ?

नेपालमा बनाएको सामान भएर होला ग्राहकहरुले हाम्रो उत्पादन बढी रुचाउनु भएको छ । हाल विदेशीको भन्दा हाम्रा प्रडक्टमा राम्रा छन् ।

वर्तमान अवस्थामा नेपाली वा विदेशी कुन सामानको प्रयोग गर्दा राम्रो होला ?

करलगायतका कारणले मुलुकलाई त आफ्नै सामान प्रयोग गर्दा राम्रो हो । तर, व्यापारीलाई भने ग्राहकको माग कता छ भन्ने कुराले प्रभाव पार्छ । सामानको गुणस्तर अनुसार माग हुन्छ ।

नेपाली सामान अन्य सामानको तुलनामा सस्तो हुन्छ वा महङ्गो ?

विदेशी सामानको तुलनामा हामीले बनाएको सामान सस्तो पर्छ । तर, विदेशी सामान पनि गुणस्तर अनुसार केही सस्तो केही महङ्गा पनि छन् ।

तपाईहरूलाई व्यवसाय गर्न कुनै समस्या छ कि ?

कालिगढहरूका लागि केही समस्या छ । हार्डवेयरहरु भने बाहिरबाट ल्याउने पर्ने हुन्छ । जनशक्तिको अभाव हुनुमा यस्तो काममा नेपालीको इच्छा नभएको कारणले हो । सो सिप सिकेमा खाडीको घाममा काम गर्न जानुपर्दैैन । अहिले त हाम्रो पैसा बाहिर गईरहेको अवस्था छ ।

फर्निचर बनाउन काठ पात कहाँको प्रयोग गर्दै आउँनु भएको छ नि ?

फर्निचर बनाउन चाहिने काठ नेपालकै प्रयोग भइ रहेको छ । तर, चाहे अनुसारको काठ नपाउँदा समस्या छ ।

व्यवसाय गर्न कतिको सहज छ नि ?

अहिले व्यवसायीले सबै जोखिम आफैले मोलेर काम गर्नुपर्ने अवस्था छ । सरकारले यसमा ध्यान दिन आवश्यक छ ।

सामानको बिक्री कहाँ–कहाँ हुन्छ नि ?

नेपालमा मात्र हामीले सामानको बिक्री गर्दै आएका छौं । बैकबाट समेत आर्थिक सर्पोट गर्ने अवस्था छैन । यसमा सरकारको तर्फबाट सहयोग नमिल्दासम्म व्यवसाय गर्न गाह्रो अवस्था छ ।

सोलार सम्बन्धि के–के काम गर्नु हुन्छ नि ?

सोलार वाटर हिटरका लागि हामीले सम्पूर्ण काम गदैछौं । ‘भ्याकुम ट्युव सोलार’ नेपालमा पहिलो पटक हामीले नै प्रयोग गरेका हौ । पानी भित्र राखेर भित्रको कार्वन ट्युवले काम गर्छ । यो अन्य सोलार भन्दा केही भिन्न हुन्छ । यसमा सकेसम्म भित्र छिरेको ताप बाहिर आउन दिदैन ।

कुन देशबाट बढी मात्रामा सामान आयात हुन्छ ?

चीनबाट सबैभन्दा बढी यस्ता उत्पादनहरु आउने गरेका छन् । यहाँहरूले ग्राहकलाई कुन–कुन सामानको सुविधा दिनु भएको छ । विद्युतीय चुलो, चिम्नी, ओभनहरु हामी कहाँ उपलब्ध छन् । अहिले चिल्लो–चाप्लो पकाउँदा त्यसको खारले भान्छेको स्वास्थ्यमा समेत असर पुर्याउने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै स्वास्थ्यमा कम असर पुर्याउने खालका चिम्नीहरु बजारमा आएका छन् ।

कम्पनीमा कति कर्मचारी आवद्ध हुनुहुन्छ ?

२ सय भन्दा बढी कर्मचारीहरुले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्षमा रुपमा भने ५ सय जना जतिले यो व्यवसायमामा आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.