‘टिभिएस दशैं दौड’ भव्य, सबै पुरस्कार नेपाल सेनाका खेलाडीकाे पाेल्टामा

  २०७६ भदौ २८ गते १७:००     विकासन्युज

काठमाडौं । ‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’काठमाडौंमा सम्पन्न भएको छ । उक्त रमाइलो दौडको प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी भएका हुन् ।

रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो ।

दौडको प्रारम्भ गर्दैं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भने छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । चर्चित कलाकार निखिल उप्रेती र प्रदिप खड्का सहभागि रहेको उक्त दौडमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरिदमा एक हजार रुपैयाँ नगद छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थानहासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

साे कार्यक्रममा बोल्दै शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको रमाइलो दौडलाई सफल बनाउनमा उपस्थिति सबैमा कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनका लागि थप हौसला प्रदान गर्दैं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै अगाडी बढ्ने बताएका छन् ।

यस्तो भयो टिभिएसको 'दशैंको दौड'

यस्तो भयो टिभिएसको 'दशैंको दौड'

Publiée par Bikashnews.com sur Samedi 14 septembre 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.