दैनिक ८ घण्टा आराम गर्ने ओछ्यान कस्तो हुनुपर्छ ?

  २०७६ भदौ २७ गते १९:१४     विकासन्युज

काठमाडौं । हामी दैनिक ६ देखि ८ घण्टा ओछ्यानमा सुत्छौं । मानिसले सबैभन्दा बढी समय आराम गर्ने ठाउँ ओछ्यान नै हो । झर्रा भाषामा ओछ्यान र चलनचल्तीको भाषामा बेड, विस्तारा, विछ्याउना, सयन कक्ष आदि इत्यादि ।

‘हामीले सबैभन्दा बढी समय आराम गर्ने बेड साँच्चिकै आरमदायी हुनुपर्छ र स्वास्थ्यको लागि पनि हितकर हुनुपर्छ । यहि मान्यताका साथ हामीले गुणस्तरीय मेट्रेस उत्पादन गर्दै आएका छौं ।

साथै, फाइवर, माइक्रो फाइवरबाट बनेको हलुका र गुणस्तरीय सिरक, सिरानी, बेड कभर, पर्दा, टावेल उपलब्ध गराउँछौं’ क्लासिक इण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेले भने । बेडका साथै, सिरक, सिरानी पनि आरामदायी हुनु अनिवार्य भएको उनले बताए ।

बेड कस्तो हुनुपर्छ भन्नेमा विज्ञहरुकै राय फरक फरक छ । बेड लचक र कम्फर्टेवल हुनुपर्छ भन्ने विज्ञहरु पनि छन् । बेड कडा हुनुपर्छ भन्ने विज्ञहरु पनि छन्’ काफ्ले भन्छन्–‘बेड भनेको सर्फेस मिलेको हुनुपर्छ । बेड धेरै कडा भयो भने पनि राम्रो हुन्दैन । यी हाम्रा आधारभूत मान्यता हुन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.