फाइबरको कुर्सी र टेबल प्रयोग गर्ने मानसिकता विकास भइरहेको छः रोहित टेक्रिवाल

  २०७६ भदौ २७ गते १४:००     विकासन्युज

नेपालमा अहिले बिस्तारै प्लास्टिकका टेबुल र कुर्सी बिस्थापन हुँदै फाइबरको कुर्सी र टेवल प्रयोग गर्ने ट्रेण्डको विकास हुँदै गहिरहेको छ । प्लास्टिक र फाइबरमा के फरक छ । उपभोक्ताले किन फाइबरको फर्निचर प्रयोग गर्ने ? सुप्रिम फाइबरका म्यानेजिङ डाइरेक्टर रोहित टेक्रिवालसँग विकासन्युजले गरेको कुराकानीः

कस्तो फर्निचर राम्रो होला ?
पैसा र टिकाउ दुबैलाई हेर्नु पर्छ । हामीले राम्रो वा टिकाउभन्दा पनि सस्तो फर्निचर खोजिरहेका छौँ । एकपटक पैसा हालेपछि केहि समयमा नै त्यो फर्निचर प्रयोगविहीन हुने अवस्था आयो भने त्यो उपभोक्तालाई नोक्सान हो । खासमा हामीले कसरी छनौट गर्छौं भन्ने कुरा महत्वपूर्ण हो । साथसाथै आफ्नो घरको रुपरेखा कस्तो छ ? भित्ताको रंग कस्तो छ ? घरलाई कुन किसिमको सजावटमा ढालेका हो, त्यसैमा आवश्यक फर्निचर पनि निर्भर रहन्छ ।

सुप्रिम फाइबरको फर्निचर किन उपभोक्ताले प्रयोग गर्ने ?
फाइबर बलियो र टिकाउ हुने कारणले नै उपभोक्ताले प्रयोग गर्ने हो । यो प्लास्टिकको पहिलो दाना बाट उत्पादन हुने भएकाले यो बलियो र किफायती हुने गर्दछ ।

सुप्रिम फाइबरको बजार कस्तो छ ?
उपभोक्ताले फाइबरको बारेमा बुझेका छैनन् । फाइबरलार्इ नै उनीहरुले प्लास्टिक भनेर बुझेका छन् । पहिलो फाइबरका फर्निचरका बारेमा बुझनु आवश्यक छ । अहिले प्लास्टिकका सामाग्री उत्पादन गर्ने उद्योगहरु पनि फाइबरमा रुपान्तरण हुन थालेका छन् । त्यसैले पनि फाइबरको बजार बिस्तर हुने क्रममा छ ।

सुप्रिमले कुन कुन फर्निचर बिक्री गर्छ ?
अहिले हामीले सुप्रिमको फाइबर कुर्सी र टेबल, स्टडी टेबल, होटल लगायतका ठाउँमा प्रयोग हुने सामानहरु बिक्री गरिरहेका छौँ । यो भारतीय कम्पनी हो, यो कम्पनीले घरायसी सामाग्रीहरुको पनि उत्पादन शुरु गरेको छ ।

प्लास्टिकको सामान र फाइबरको फर्निचरमा के फरक छ ?
प्लास्टिकको सामान्य कुर्सी २ वर्ष टिक्छ भने फाइबरको कुर्सी १० वर्ष मजाले प्रयोग गर्न सकिन्छ । मूल्यमा पनि प्लास्टिकको सामान्य कुर्सीलाई ८ सय पर्छ भने फाइबरको कुर्सी २४ सय पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.