संगित सापकोटाको ‘टीका’ कुञ्ज नाटकघरमा

  २०७६ भदौ २५ गते १३:२८     विकासन्युज

काठमाडौं । भदौ २० गतेदेखि कुञ्ज नाटकघरमा ‘टीका’ मञ्चन भईरहेको छ । निर्देशक संगित सापकोटाको निर्देशनमा मञ्चन भएको उक्त नाटक भदौ २० गते शुक्रबारदेखि थापागाँउ स्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेकाे हाे। भिमनिधि तिवारीले लेखेकाे साे नाटक बुधबार बाहेक साँझ ५ः३० बजे र शनिबार १ बजेदेखि मञ्चन हुँदै आइरहेको छ ।

दशैं नजिकिँदै गर्दा कामका लागि विदेशिने नेपालीहरुको कथामा केन्द्रित रहेर लेखक तिवारीले नेपाली युवाहरुको विदेशिनु पर्ने बाध्यता, चाडपर्व सँगै मनाउन नपाउँदाको पिडालाई प्रस्तुत गरेका छन् । घरमा रहेको एउटा मात्रै छोरा त्यो नि परिवारकाे दैनिकी अवस्था सुधार गर्न, आवश्यकता परिपूर्ति गर्नका लागि विदेशिने लाखौं नेपाली युवाको बाध्यतामा आधारित भई निर्देशक सापकोटाले सरल एवं मार्मिक तवरबाट उक्त टिका नाटकको मन्चन गरेका छन् ।
प्रत्येक वर्ष आफ्नो देशको जनशक्ति बाहिरिँदा नेपाललाई पर्ने असर र युवालाई देशप्रति उत्पन्न हुने भावनालाई प्रस्तुत गर्दै नेपालमा नै युवाले केही गर्न सक्छन् है भन्ने सन्देश उक्त नाटकले प्रदान गर्दछ ।

दिलिप खड्काकाे प्रोडक्सन डिजाईनमा रहेको उक्त नाटकमा श्रवण राना मगर, विनिता गुरुङ, राजकगल फकिर, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन र आनन्द महत रहेका छन् । त्यस्तै नाटकमा संगीत संगित सापकोटा र मोनिस निरौलाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.