आर्जन बचतको साधारण सभाबाट १५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित

  २०७६ भदौ १५ गते ११:१४     विकासन्युज


काठमाडौं । आर्जनबचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।

शनिबार ललितपुरको याक प्यालेसमा भएको सभाले आर्थिक वर्ष ०७५/०७६ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

चुक्तापूँजी १ करोड ३८ लाख ८० हजार ८ सय रहको संस्थाले आव. ०७५/०७६ मा रु. ६६ लाख १३ हजार दुईसय पाँच खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७४/०७५ मा यस्तो नाफा २९ लाख २२ हजार ८१ रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा १२६.३२ प्रतिशतले वृद्धि हो ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहरकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढी ब्याज नलिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.