दशैमा सौगात र सलोनको ‘घनचक्कर’, असोज १७ गते रिलिज हुने

  २०७६ भदौ १३ गते १७:५२     विकासन्युज

काठमाडौं। यसपालिको दशैंमा चलचित्र ‘घनचक्कर’ रिलिज हुने भएको छ । असोज १७ गतेअर्थात् फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र घनचक्कर सार्बजानिक प्रदर्शनमा आउन लागेको हो ।

चलचित्र घनचक्कर मार्फत नवनायिका कास्मिरा लामाले नेपाली रजतपट मा डेब्यु गर्दै छिन । कास्मिरा , सौगात मल्ल र सलोन संगै सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायत चलचित्रमा अभिनय रहेको छ ।

डेब्यु निर्देशक जितेन्द्र राजोपाध्यायले चलचित्रलाई निर्देशनगरेका हुन् । चलचित्रमा मित्र गुरुङको सम्पादन, कथा अर्जुन सिंह, कागी लिम्बुको स्क्रिनप्ले र डाइलग, प्रदीप श्रेष्ठ र सिमोन राजबंशी कोरियोग्राफी रहेका छन् । भट्ट एण्ड सन्स ब्यानरबाट निर्माण भएको चलचित्रको यसअघि ‘हिरो हिरो’ र ‘दाइको सालो’ गरि २ ओटा गित रिलिज भैसकेका छन् ।

कमेडी बेसमा बनेको फिल्मले छुट्टै छाप दर्शकमा छाड्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए। छिट्टै चलचित्रको ट्रेलर रिलिज हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.