द टाटा मोटर्स इम्पेर्र प्रोगाम उद्घाटन

  २०७६ भदौ ११ गते १८:१६     विकासन्युज


काठमाडौँ । टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ्ग प्रालिले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्ट्रीको लागि ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’को उद्घाटन गरेको छ । उक्त कार्यक्रममा नयाँ तथा पुरानो र पार्टपूर्जा, सर्भिस, गाडीको रिकन्स्ट्रक्सन तथा वार्षिक मर्मत कन्ट्रयाक्ट खरिदकर्तालाई प्रदान गरिने जनाइएको छ ।

ग्राहक वर्गहरुलाई सम्मान गर्दै, एक उत्कृष्ट सेवा सुविधा दिई टाटा मोटर्सको खरिद तथा मर्मत प्रक्रियालाई अविस्मरणीय बनाउने उदेश्यले यो लोयल्टी प्रोग्राम सुरु गरिएको हो । यो प्रोग्रामले व्यापारको बढावा दिने मात्र नभई ग्राहकहरुको लागि अरु सुविधाहरु पनि प्रदान गर्छ जस्तै टाटा मोटर्सको फ्याक्ट्री निरिक्षण तथा प्रदर्शनीमा समावेश पनि गराउँदछ ।

उक्त समारोहमा टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले यस्ता किसिमका कार्यक्रमले नेपाली कमर्सियल गाडी इन्डस्ट्रीमा ग्राहकको सम्वन्धलाई सुमधुर बनाई सम्पूर्ण व्यवसायलाई नै नयाँ उचाईमा पुराउने विश्वास व्यक्त गरे ।

त्यसैगरी उक्त समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले ग्राहकको पहिलो रोजाइ बन्ने लक्ष्यसँगै टाटा मोटर्ससँगको सहकार्यलाई अझ प्रगाढ र बलियो बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.