निसान गाडीमा आकर्षक उपहार योजना

  २०७६ भदौ १० गते १८:११     विकासन्युज


काठमाडौँ । नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरिएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेवापत रु.३१,९९९/– बराबरको एमआई एट लाइट मोबाइल निःशुल्क दिने जनाइएको छ ।

गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउने छन् ।

यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ । ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एकवर्षसम्मको बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेतको प्रावधान राखिएको छ ।

नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.