महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

  २०७६ भदौ ९ गते १९:३०     विकासन्युज

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले मंगलबारदेखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप प्रदर्शन गर्ने भएको छ ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्धहुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९,७५,०००/– र डब्लु ८ (अफ्सनल) वर्गका लागि रु ५६,५०,०००/– त्यस्तैगरी डिजेलमा डब्लु ४वर्गका लागि रु ४१,२५,०००/–, डब्लु ६वर्गका लागि रु ४५,००,०००/–, डब्लु ८वर्गका लागि रु ५१,५०,०००/– र डब्लु ८ (अफ्सनल)वर्गका लागि रु ५७,२५,०००/– तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरी रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ ।

यो एसयूभी६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज,पर्ल ह्वाइट, नपोलीब्लाक, डी–स्याट सिल्भर माउपलब्ध छभने एक्वा मरिनर तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधाप्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्चगति र जोशकालागितपाईको आवश्यकता पूरा गर्छ । यस पटकको नाडा अटो शोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । मराजोएम ६ को मूल्य रु ५८,२०,०००/– र एम ८ को मूल्यरु ६४,३०,०००/– तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.