आर्थिक सुदृढीकरणका उपाय पहिल्याउन आग्रह

  २०७६ भदौ ८ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आइतवार नेपालका लागि चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेको छ । चेम्बरका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका मिनिस्टर ( इकोनोमिक) पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन ।

उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हुँदा शुन्य भन्सार सुविधा लिन गाहे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताएका छन । उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिएका छन ।

चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमा नै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरेका थिए ।

उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि, खनिज, सिमेन्ट, जडिबुटी,उद्योग र शिक्षा रहेको धारणा राखेका यिए । केरुङ, काठमाडौं, लुम्बिनि रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा रहेको बताएका छन ।

चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने समेत रहेको प्रतिबद्धता जनाएका छन ।
सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.