एकैदिन गण्डकी विकास बैंकको ४ शाखा विस्तार

  २०७६ भदौ ७ गते १८:१३     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं, मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् ।

यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । हालसँग बैकका ९६ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एविविएस, एटिएम, ईसीसी आईपिएस्, सी एएसबिए, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवाप्रदान गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा संचालन मुनाफा रु. ९५ करोड ३५लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप रु. २९ अर्ब ९२ करोड रकर्जा तर्फ रु.२५ अर्ब ८८ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.