रिचार्जर एपको नयाँ भर्सन सार्वजनिक, भदौ ११ गतेदेखि ग्याजेट्स मेला

  २०७६ भदौ ६ गते १५:०८     विकासन्युज

काठमाडौँ । मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । उक्त उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाताखोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । भदौ २५ गते रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।

नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजीलाईफ, इजी सोलुसन’भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो ।

‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालनगर्न लागेको हो ।

डिजिटल सपिङ हबमा आफुलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ ।

अनलाइन मेलामा सस्तो मूल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ ।

भदौ ११ गतेबाट हुने ग्याजेट मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ६० प्रतिशतसम्मको छुटमा सामानकिन्न सकिन्छ ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामानसंगै केक तथा फुलको गुच्छा सहितको गिफ्ट प्याकेज उपत्यका भित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.