रसायनिक मल साढे तीनलाख मेट्रिक टन अपुग, प्राङ्गारिकतर्फ बढ्दो आकर्षण

  २०७६ भदौ ६ गते १३:२०     विकासन्युज

काठमाडौं । चालु आर्थिकमा नेपालमा ३ लाख ७५ हजार मेट्रिक टन रसायनिक मलको अभाव हुने सम्भावना देखिएको छ ।

सरकारले रसायनिक मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन गरेता पनि अघिल्ला वर्षहरुको साढे एक अर्ब रकम भुक्तानी गर्न बाँकी रहेको हुँदा यस वर्ष साढे ७ अर्बको मल खरिद गर्दा करिब आधा भन्दा बढी रसायनिक मल नपुग्ने कृषि मन्त्रालयले जानकारी दिएको छ ।

वर्षौदेखि भोग्दै आएको मलको समस्या यसवर्ष पनि अनुदान रकम प्राप्त नभएमा दोहोरिने निश्चित रहेको कृषि मन्त्रालयको रसायनिक मल शाखाले जानकारी दिएको हो ।

आर्थिक तथा प्राविधिक कारणले सरकारी स्तरबाट नेपालमा नै रसायनिक मलको कारखाना स्थापना गर्ने कार्ययोजना नआएको जानकारी दिँदै कृषिमन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी भने चालु आर्थिक वर्षमा कारखाना स्थापना गर्ने तयारी गरिएको बताए ।

पछिल्लो समय अर्गानिक खेतीसँगै प्राङ्गारिक मल उत्पादन तर्फ जनचासो बढ्दै गएको कृषिमन्त्रालयका बरिष्ठ कृषि अधिकृत नेत्र भण्डारीले बताए । हालसम्म ६३ वटाभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्ने संस्था स्थापना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ताले जानकारी दिए । हाल १५ वटा भएका प्राङ्गारिक मल उत्पादक संस्थाले हाल २ हजार ७७० मेट्रिकटन उत्पादन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.