राष्ट्रिय वाणिज्य बैंकले सहायक कम्पनी खोल्ने, विशेष साधारण सभाबाट पारित

<p>काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ । साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा [&hellip;]</p>


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ ।

साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने प्रस्ताव पेश गरेका थिए ।

विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राख्नुभएको जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गले जवाफ दिएका थिए ।

सो विशेष साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा. माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशिल तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।

Share News