सेञ्चुरी बैंकले शुरु गर्यो नयाँ बचत खाता, ७ लाख रुपैयाँको आकस्मिक दुर्घटना बीमा

  २०७६ भदौ ५ गते १५:०१     विकासन्युज


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु.१,०००/- मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ ।

उक्त खातामा वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने बैंकले जनाएको छ ।

ग्राहकहरुले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउने छन् ।

साथै निस्शुल्क एसएमएस्, मोबाइल र ई–बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.